Media Network

‘पुष्पा–२’मा अल्लू अर्जुनले मागे ८५ करोड पारिश्रमिक


खबरस्टोरी संवाददाता

२ श्रावण २०७९,सोमबार

काठमाडौँ। । सन् २०२१ को डिसेम्बरमा प्रदर्शनमा आएको दक्षिण भारतीय फिल्म ‘पुष्पाः द राइज’को सफलतापछि अभिनेता अल्लू निकै लोकप्रिय भएका छन्।  यही चलचित्रबाट अल्लू अर्जुन, रश्मिका मन्दाना र सामान्था रुथ प्रभुले उत्तर भारतमा पपुलारिटी कमाएका हुन् । 

अब चाँडै नै  ‘पुष्पाः द राइज’को दोस्रो पार्ट ‘पुष्पा–२’ आउँदै छ । खबरका अनुसार दोस्रो भागका लागि चलचित्रमा अभिनेता र निर्देशक सुकुमार दुबैले आफ्नो पारिश्रमिक बढाएका छन् । अभिनेताले सिक्वेलका लागि पहिलाभन्दा दोब्बरले पारिश्रमिक बढाएर भारु ८५ करोडको माग गरेका छन् । 

अल्लू अर्जुनले यसको पहिलो भागमा भारु ४५ करोड पारिश्रमिक लिएका थिए । त्यस्तै पुष्पाः द राइजका निर्देशक सुकुमारले यसका लागि भारु १८ करोड पारिश्रमिक बुझेका थिए भने सिक्वेलका लागि भारु ४० करोड चार्ज गर्ने भएका छन् । तेलुगू फिल्म उद्योगमा यो नयाँ रेकर्ड हो’, फिल्म निकट स्रोतले भनेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद