Media Network

राजु श्रीवास्तवको स्थिति नाजुक , ‘ब्रेन डेड’ को अवस्था


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

काठमाडौं । भारतका चर्चित हाँस्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्य अवस्था नाजुक देखिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार राजुको ‘ब्रेन डेड’ भएको छ । उनको शरीरका कुनै पनि अंगले हलचल छैन् ।राजुलाई दश दिन अगाडि जिम गर्दागर्दै हृदयाघात भएको थियो । दिल्लीको एम्स अस्पतालमा दश दिनको उपचारपछि पनि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार हुन सकेको छैन ।

यस्तै एम्स अस्पातलका चिकित्सकहरुले पनि राजुको ब्रेनले काम गर्न छोडेको र हाल उनलाई अक्सिजन सपोर्टमा राखिएको बताएका छन् । राजुको अवस्था गम्भीर भएसँगै हाल एम्स अस्पातलमा उनका परिवारजन र शुभचिन्तकहरुको भीड लागेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद