Media Network

१०८ रन बनाएर आउट भए कुशल मल्ल


खबरस्टोरी संवाददाता

८ बैशाख २०८०,शुक्रबार

काठमाडौं । ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ गरेका कुशल मल्ललाई नेपालले गुमाएको छ । ४०.४ ओभरमा आउट हुनुअघि उनले मात्र ६४ रनमा एक सय आठ रन बनाए ।

दवावको अवस्थामा आक्रामक ब्याटिङ गर्दै कुशलले नेपालको इनिङलाई सम्मानजक स्कोरमा पुर्याएका छन् । ९ ओभरको खेल बाँकी छँदा नेपालले २२५ रन बनाएको छ । क्रिजमा सोमपाल कामी र सन्दीप लामिछाने छन् ।

कुशलले ५९ बलमा सतक पुरा गरेका थिए । उनी नेपालका लागि सबैभन्दा थोरै बलमा सतक बनाउने खेलाडी बनेका छन् । उनको अविस्मरणीय इनिङमा ९ चौका र १० छक्का समावेश थिए । अकिब इलियासको बलमा अर्को ठूलो सट खेल्ने प्रयास गर्दा उनी आयान खानबाट क्याच आउट भएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद