Media Network

‘र्‍याप स्टार’ को अन्तिम प्रतिस्पर्धा असार–२ गते हुने


खबरस्टोरी संवाददाता

३० जेष्ठ २०८०,मंगलवार

काठमाडौं।र्‍याप गीतमा आधारित रियालिटी सो ‘¥याप स्टार’को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी गराएको हो । 

हिपहप र ‘र्‍याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शोको आयोजना गरिएको निर्देशक आदित्यविक्रम अछामीले बताउनुभयो । ‘हामीले हिपहप र ‘¥याप गीतसंगीतको प्रवद्र्धन र प्रमोशन गर्न यो रियालिटी शो को आयोजना गरेका छौं । पहिलो शो बाटै हामी धेरै उत्साहित भएका छौं’, निर्देशक अछामीले भन्नुभयो । 

अन्तिम प्रतिस्पर्धामा अनुप उप्रेती (अनुप्रास), अरुण शाही, आयुस राई (यमप्वाइन्ट), विवेक घोरासैनी (बिजी), साजन लामा (निम्बुजोडा) र सफल विष्ट (बिसेफ) पुग्नुभएको छ । उहाँहरूमध्ये असार–२ गते हुने अन्तिम प्रतिस्पर्धामा एकजना विजेता छानिने प्रतियोगिताका कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेतीले जानकारी गराउनुभयो । यो प्रतियोगिता नयाँ पुस्ताहरूमा लोकप्रिय रहेकाले आयोजक टोली उत्साहित हुँदै यस कार्यक्रमको सिजन–२ छिट्टै आउने ग्रीन मन्की फिल्मस् प्रा.लि.का सिइओ सुरेश कुसवारले बताउनुभयो दिनुभयो । यो कार्यक्रमले नयाँ प्रतिभालाई प्लेट्फर्म दिँदा नयाँ–नयाँ प्रतिभाले पनि अवसर पाएको कार्यक्रमका कृएटिभ हेड अबिरल विष्टको भनाइ थियो । कार्यक्रमका अर्का निर्माता विनोद पोख्रेलका अनुसार यो प्रतियोगितमा भोटिङको आधारमा विजेता घोषणा गरिने छ ।

प्रतियोगितको भोटिङ पार्टनरमा ओएसआर डिजिटल, टिकट पाटनरमा माइपे र फोटोग्राफी पाटनरमा फोटो फेशन स्टुडियो रहेका छन् । करिब चार महिना चलेको यो कार्यक्रमलाई बिबी एयरबेजले मुख्य प्रायोजन गरेको छ भने स्पेश फोरके टिभीमा नियमित प्रसारण हुँदै आएको छ । 

यो प्रतियोगितालाई ओएसआर रियालिटीबाट डिजिटल प्लेटर्फमा देख्न सकिन्छ । प्रतियोगितको निर्णयकमा गिरिश खतिवडा, मिस्टर डी (सन्दीप विष्ट), एजे (अभिजीत भण्डारे) रहनुभएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद