Media Network

साफ यू–२० : बराबरीमै खेल रोकियो


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

काठमाडौ । साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपाल बंगलादेशसँग बराबरीमै रोकिएको छ ।

 फाइनल प्रवेशका लागि निकै महत्वपूर्ण मानिएको खेलमा नेपाल १–१ को बराबरीमै रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा नेपालले ५३औँ मिनेटमा गोल खाएको थियो । डिफेन्स लाइनअपमा अलमल हुँदा प्राप्त अवसरलाई बंगलादेशी खेलाडीले सदुपयोग गर्दै बललाई जाली चुमाए । नेपालले ६८औँ मिनेटमा गोल फर्कायो । नेपालका लागि निरञ्जन मल्लले गोल फर्काए । तर, त्यसपछि गोल हुन सकेन । 

प्रतियोगिताको पहिलो र दोस्रो खेलमा सानदार प्रदर्शन गरेको नेपाल तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएपछि लयमा फर्कन सकेन । खेलको दोस्रो हाफ सुरु भएको एक मिनेटमै खेलले अर्कै मोड लिएको थियो ।

बंगलादेशी खेलाडीले नेपाली खेलाडीलाई खतरनाक ट्याकल गरेपछि रेफ्रीले फाउल दिएका थिए । तर, बंगलादेशी खेलाडीले प्रतिवाद गरे । त्यतिकैमा नेपाली खेलाडीलाई बंगलादेशी खेलाडीले धक्का दिएपछि दुवैतर्फका खेलाडी आक्रोशित हुँदै हात हालाहालको अवस्थामा पुगे । स्थितिलाई शान्त बनाउन रेफ्रीहरूलाई हम्मेहम्मे परेको थियो । त्यसक्रममा नेपाल र बंगलादेशका एक–एक खेलाडीले रातोकार्ड पाए । नेपाली मिडफिल्डर दीपेश गुरुङ र नेपाली खेलाडीलाई मुक्का हानेका बंगलादेशी ८ नम्बर जर्सीका खेलाडी साहिदुल इस्लामले रातोकार्ड पाउँदै बाहिरिनुपर्याे । बेञ्चमा रहे पनि तनावका वेला मैदान प्रवेश गरेका नेपालका २० नम्बर जर्सीका अर्का एक खेलाडीले पनि रातो कार्ड पाए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद