Media Network

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै


खबरस्टोरी संवाददाता

६ चैत्र २०७९,सोमबार

काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।

यसअघि यू–१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ ।

आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ ।

च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

Share:
Reaction :
ताजा समाचार
खेलकुद