Media Network

साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक


खबरस्टोरी संवाददाता

२४ आश्विन २०७९,सोमबार

काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ साफले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई–दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ ।

साफ यू–१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । प्रशिक्षणमा अहिले ३० खेलाडी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद