Media Network

साफ यु २० : उपाधिका लागि बंगलादेश र भारत भिड्ने


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

काठमाडौं । लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई १।० ले पराजित गर्दै साविक विजेता भारत यु २० साफ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।भारतले फाइनलको यात्रा पक्का गरेसँगै नेपालको यात्रा समूह चरणमै सीमित बनेको छ । माल्दिभ्स संगको खेलमा भारतले हारेको खण्डमा नेपाल फाइनलमा पुग्ने समीकरण बनेको थियो ।

भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा सम्पन्न खेलमा घरेलु टिमका गुर्किरात सिंहले निर्णायक गोल गरे । माल्दिभ्सले खेलको अन्तिम मिनेटसम्म भारतलाई रोके पनि गुरकिरतले ९०औं मिनेटमा निर्णायक गोल गरे ।यस्तै, इन्जुरी समयमा पार्थिव सुन्दर गोगोईले रातो कार्ड पाउँदै बाहिरिएपछि भारत १० खेलाडीमा सीमित बनेको थियो । जितसँगै भारतले उपाधिका लागि बंगलादेशसँगको भेट पक्का गर्यों । यसअघि भएको पहिलो खेलमा नेपालसँग १।१ को बराबरीमा रोकिए पनि बंगलादेशले फाइनलमा प्रवेश गरेको थियो ।

जितसँगै दोस्रो स्थानको भारतले चार खेलबाट ९ अंक जोड्यो । यस्तै, शीर्ष स्थानको बंगलादेशले १० अंक जोड्दा तेस्रो स्थानको नेपालले ७ अंक बटुल्यो । यस अघि नै माल्दिभ्स र श्रीलंका भने उपाधी दौडबाट बाहिरिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद