Media Network

सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ भब्यरुपमा सम्पन्न


खबरस्टोरी संवाददाता

१७ पुष २०७९,आईतवार

काठमाडौं।सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ राजधानी काठमाडौंमा भब्य रुपमा सम्पन्न भएको छ । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । उक्त अवार्डमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । ज्योती विकास बैंकको प्रस्तुती रहेको कार्यक्रमलाई साहारा एपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख  अतिथि प्रकाश अधिकारीले कलाकारको सम्मानको लागि नगरपालिकाले सहकार्य गरेको बताए । साथै आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले कलाकारलाई सम्मान गर्न पाउँदा आफु हर्षित भएको पनि बताए । 

त्यसैगरी वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई सगरमाथा कला पत्रकारिता रजत सम्मान नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । त्यसैगरी सगरमाथा कला पत्रकारिता सम्मान कृष्ण भट्टराई, नेमिष गौतम, कल्पना रेग्मीलाई प्रदान गरिएको थियो । सगरमाथा रेडियो पत्रकारिता सम्मान कमला पन्थीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीत प्रशिक्षक तिलकसिंह पेलालाई संगीत विशेष सम्मान गरिएको थियो । लोक गायक अमृत सापकोटा, गायक चिरञ्जीवी भण्डारी, गायिका सुनिता गुरुङ, बाल गायिका सफलता श्रेष्ठ, निर्देशक आदित्य बुढाथोकी, गीतकार लोकराज अधिकारी लगायतकालाई सम्मान गरिएको थियो । 


अवार्ड कार्यक्रममा नेपाली गीतसंगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

अवार्ड विजेताहरु 

१, सर्वोत्कृष्ट राष्ट्रिय भाव गीतकार : घनेन्द्र ओझा – परे म मर्छु भोकैले 

२, सर्वोत्कृष्ट राष्ट्रिय भाव संगीतकार : रोशन बान्तवा – गौतम बुद्ध

३, सर्वोत्कृष्ट गायक चलचित्र :प्रदाप दास – हर युग होस 

४, सर्वोत्कृष्ट गायिका चलचित्र : मेलिना राई – सुन्तला

५, सर्वोत्कृष्ट गीतकार चलचित्र : राजेश कुमार श्रेष्ठ – हर युग होस 

६, सर्वोत्कृष्ट संगीतकार चलचित्र :  एलिस कार्की – हर युग होस 

७, सर्वोत्कृष्ट आधुनिक गायक : युवराज चौलागाई  – तिम्रो याद

८, सर्वोत्कृष्ट पप गायक  : आशिष सचिन – सानो सानो कुरामा 

९,सर्वोत्कृष्ट  पप आधुनिक गायक (जुरी) राज सागर – खै कसोरी विझाए

१०, सर्वोत्कृष्ट पप–आधुनिक  गायिका – निशा देशार – पाउ हजुर

 ११, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष :विरेन्द्र कुमार बलामी – म बाचेको संसार

१२, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार पुरुष (डायस्पोरा) : कुमार मिश्र – एउटा कथा

१३, सर्वोत्कृष्ट पप–आधुनिक गीतकार महिला : गीता अधिकारी – स्वास फेरी

१४, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार : योगेश काजी – मलाई हेप्नी

१५, सर्वोत्कृष्ट पप–आधुनिक संगीतकार (जुरी) : शेरा थामी – तिमी बस दिलैमा

१६, सर्वोत्कृष्ट नव प्रतिभा गायन : सौगातजंग थापा  – हाम्रो माया जाल

१७, सर्वोत्कृष्ट पप–आधुनिक युगल गायन : रिता केसी ÷ प्रविण बेडवाल – तिमी पनि हरायौं

१८, सर्वोत्कृष्ट पप–आधुनिक मोडल महिला : रोशनी कार्की – विरानो देश

१९, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष : कमल सिंह – रुन्न भन्दानी 

२०, सर्वोत्कृष्ट पप–आधुनिक मोडल पुरुष (जुरी) : विरेन्द्र नौभाग्य – अर्को सार्थी

२१ सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला : अस्मी थापा – चरी भरर 

२२, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल महिला (जुरी) : प्रनिमा दाहाल – तिम्रै माया

२३, सर्वोत्कृष्ट पप–आधुनिक नव मोडल पुरुष : अंश वर्मा –ए साइली

२४, सर्वोत्कृष्ट पप–आधुनिक म्युजिक भिडियो निर्देशन : प्रकाश धिताल – भन्नु हुन्थ्यो बाले

२५, सर्वोत्कृष्ट लोक पप गायक : ओम सुनार –  लाहुरे सिपाई दाई

२६, सर्वोत्कृष्ट लोक पप गायिका : निता आचार्य – रंगीन संसार 

२७, सर्वोत्कृष्ट लोक पप गायिका (जुरी)  : अन्जु श्रेष्ठ – नहेरे झै गर्ने 

२८, सर्वोत्कृष्ट  लोक दोहोरी गायक : नमराज ढुंगाना – पिरतीमा दम छ 

२९, सर्वोत्कृष्ट  लोक दोहोरी गायक (जुरी)  : रामहरी भण्डारी – चुरोट सलाई

३०, सर्वोत्कृष्ट  लोक दोहोरी गायक (पब्लिक च्वाइस ) : जय देवकोटा – माया लाउँछ र त

३१, सर्वोत्कृष्ट लोक दोहोरी गायिका :कालिका रोक्का मगर – मुग्लिन पुलतरी

३२, सर्वोत्कृष्ट लोक दोहोरी शब्द : विपिन केसी – दाजु भाई

३३, सर्वोत्कृष्ट लोक दोहोरी लय : सागर विरही – फुल रसैको 

३४, सर्वोत्कृष्ट लोक दोहोरी नव गायक : रमेश लामिछाने – हेलम्बुको स्याउ

३५, सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका : रिया घले – बार्दलीमा गम्छा 

३६, सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष : निक्स शर्मा – सिकारी 

३७, सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला : एलिना रायमाझी – मैले माया सम्झेर

३८, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला : खुशी थापा – ए मुना

३९, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल महिला (जुरी) : अपेक्षा सिंह– नजर नजरको

४०, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष : यज्ञराज गिरी – फुर्के जुंगा 

४१, सर्वोत्कृष्ट लोक दोहोरी नव मोडल पुरुष (सन्देश मुलक जुरी) : नरेन्द्र सिंह ठकुरी

४२, सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक : स्मृति तिमिल्सीना – मुटु बैना 

४३, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (पप÷आधुनिक) : अमृत सुनुवार – माया लाग्छ कति

४४, सर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार (लोक दोहोरी) : कृष्णबहादुर थापा – मिठो सारंगी

४५, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन : अनिलकुमार महर्जन – आज किन

४६, सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक : विजय खड्का – न बदलिन्छ जीन्दगी

४७, सर्वोत्कृष्ट नव गितकार पप÷ आधुनिक (जुरी) : सागर बास्तोला– हे धोकेवाज

४८, सर्वोत्कृष्ट नव गितकार ( सन्देश मुलक लोक दोहोरी) : दान आचार्य – बस पियारी

४९, सर्वोत्कृष्ट एरेन्जर पप÷ आधुनिक  : जीवन बडु – तामा पित्तल

५०, सिनियर सिनेमाटोग्राफर अवार्ड  : मधुर बस्नेत 


Share:
Reaction :
ताजा समाचार
खेलकुद