Media Network

२०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत’ युट्युबमा सार्वजनिक


खबरस्टोरी संवाददाता

१८ पुष २०७९,सोमबार

काठमाडौं।२०७४ सालमा प्रदर्शनमा आएको चलचित्र ‘पंचायत’ युट्युबमा सार्वजनिक गरे सगै दर्शकले मन पराएका छन् । चलचित्र यति बेला युट्युब ट्रेन्डिङको चौथो  स्थानमा रहेको छ । युट्युबको ट्रेन्डिङ चौथो  स्थानमा रहेको चलचित्रलाई यो समाचार तयार पर्दा सम्म १६ हजार भन्दा बढी लाईक मिलेको छ। ७  लाख १२ हजार भन्दा बढी पटक हेरिएको यस चलचित्रलाई साढे तिन सय भन्दा बढी राम्रो कमेन्ट आएको छ । चलचित्र हेर्ने धेरै जसोले चलचित्रको बारेमा उत्कृष्ट कमेन्ट गरेका छन् । 

चलचित्र ’पंचायत’ विश्वकै सर्वाधिक प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपाल छनौट समेत भएको थियो । अमेरिकाको क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहरमा आयोजित “सन फ्रान्सिस्को चलचित्र महोत्सव” मा चलचित्र ‘पंचायत’ ले “बिदेशी भाषाको उत्कृष्ट चलचित्र” विधामा र नायिका निता ढुंगानाले “उत्कृष्ट मुख्य अभिनेत्री” विधामा पुरस्कार जित्न सफल भएको थियो ।चलचित्रले विकास बोर्ड बिशेष चलचित्रको पुरस्कृत बापत २ लाख रुपिया समेत पाएको थियो । पंचायतमा सरोज खनाल, नीता ढुंगाना, रुपा राना, जाहान्वी बस्नेत, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी,किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी,सुचित्रा उप्रेती,अश्विनी कोइराला, प्रकृति ढुंगेल लगायतको अभिनय छ ।

चलचित्रमा संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माताको रुपमा रहेका छन्। गणेश गिरीको प्रस्तुति रहेको पंचायतको निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । चलचित्र पंचायतलाई शिवम अधिकारीले लेखन तथा निर्देशक गरेका हुन् ।चलचित्रमा टंक बुढाथोकि संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ । चलचित्रले मुख्यगरी २०३१ सालको एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ । चलचित्रले छुवाछुत विरुद्ध पनि ससक्त उठान गरेको छ । त्यो बेलाको व्यवस्था भएपनि अहिलेको अबस्थाको चित्रण समेत रहेकाले गरिएको छ  । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद