Media Network

सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट टी–ट्वान्टी लिग खेल्ने


खबरस्टोरी संवाददाता

४ भाद्र २०७९,शनिबार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा युवा लेग स्पिनर सन्दीप लामिछानेले डेजर्ट भाइपर्सबाट युएईको फ्रेन्चाईज क्रिकेट यूएई इन्टरनेसनल टी–ट्वान्टी लिग खेल्ने भएका छन् । भाइपर्सले शुक्रबार सन्दीपलाई प्रतियोगिताका लागि अनुबन्ध गरिएको जनाएको छ । उनी लिगको मार्की खेलाडीको रुपमा रहेका थिए ।

सन्दीप यसअघि नै विश्वका नाम चलेका स्टार खेलाडीहरुसँगै मार्की खेलाडीको रुपमा अनुबन्ध भएका थिए । त्यसबाट उनलाई भाइपर्सले लिएको हो । डिजर्ट भाइपर्सको डिरेक्टरमा टम मुड्डी छन् भने मुख्य प्रशिक्षकमा जेम्स फोस्टर छन् । भाइपर्सले सन्दीपसँगै शेल्डन कोट्रेल, वानिन्दु हसरंगा, एलेक्स हेल्स, कोलिन मुन्रो, साम विलिङ्स जस्ता खेलाडी अनुबन्ध गरेको छ ।

इमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुनेछ । ६ टोलीले प्रतिस्पर्धा प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।

प्रतियोगितामा सहभागी टोलीले १२ विदेशी खेलाडीसहित १८ जनालाई टिममा राख्न पाउने छन् । हरेक टोलीले तीन जना यूएईका खेलाडी, दुई एसोसिएट राष्ट्रका र एक यूएई यू–२३ टिमका खेलाडीलाई अनिवार्य राख्नुपर्ने ब्यवस्था गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद