Media Network

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्मकै दर्जा दियो


खबरस्टोरी संवाददाता

६ आश्विन २०७९,बिहीबार

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार नदेखिएको बताएका छन्।

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद