Media Network

स्पेनिस ला लिगामा रियल मड्रिडको लगातार दोस्रो जित


खबरस्टोरी संवाददाता

५ भाद्र २०७९,आईतवार

काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगाको शनिवार रातीको खेलमा लगातार दोस्रो जित निकालेको छ । लुका मोड्रिकको उत्कृष्ट गोलमा साविक विजेता रियलले लगातार दोस्रो जित निकालेको हो । रियल सामु सेल्टा भिगो ४–१ अन्तरले पराजित भयो । करिम बेन्जेमाको गोलमा रियलले खेलमा अग्रता बनायो तर लागो आसपासले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । दुबै गोल पेनाल्टीमा भएको थियो ।

यसपछि क्रोयसियाका ३६ वर्षीय खेलाडी लुकाले डेभिड अलाबाको पासमा २५ यार्डबाट गोल गरे । यसपछी भिनिसिअस जुनिअरले तेस्रो तथा फेडेरिको भाल्भार्डेले चौथो गोल गरे । 

खेल सकिन पाँच मिनेट अघि रियलले पुनः पेनाल्टी पायो । तर इडेन हाजार्डको प्रहार गोलरक्षक मार्चेसिनले रोके । उनले ला लिगाको ५० खेलमा जम्मा ४ गोल गरेका छन् । यस सिजन रियलले तीन खेलमा तीन नै जितेको छ । जितसंगै रियल ला लिगाको शीर्ष स्थानमा छ । 

शनिवार रातीकै अर्को खेलमा ओसासुनाले क्याडिजलाई २–० ले पराजित गर्यो भने रियल बेटिसले मालोर्कालाई २–१ ले पराजित गरेको छ । जितसँगै रियल बेटिस र ओसानुना दोस्रो र तेस्रो स्थानमा उक्लिएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद