Media Network

स्पट फिक्सिङ प्रकरणमा महबुब र आदील पक्राउ लगत्तै शरदको पोस्ट ‘ओम नम सिवाय’


खबरस्टोरी संवाददाता

९ माघ २०७९,सोमबार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दुई नेपाली क्रिकेटर पक्राउ गरेपछि राष्ट्रिय क्रिकेट टिमका सदस्य शरद भेषावाकरले सामाजिक सञ्जालमा स्ट्याटस लेखेका छन् ।

पुस ९ गतेदेखि २७ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगमा राष्ट्रिय टिमका अलराउन्डर आदील अन्सारी र कीर्तिमानी पूर्व क्रिकेटर महबुब आलमलाई पक्राउ गरेको भन्ने समाचार सार्वजनिक भएको केही मिनेटपछि नै शरदले फेसबुकमा ‘ओम नम सिवाय’ भन्दै स्ट्याटस पोस्ट गरेका छन् ।

सेभेन थ्री स्पोर्ट्स व्यवसायिक तथा रणनीतिक साझेदार र वानएक्सब्याट मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्पट फिक्सिङ र अन्य अवैध कार्य भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको थियो । करिब दुई हप्ताको अनुसन्धानपछि सीआईबीले आज दुई क्रिकेटर स्पट फिक्सिङमा संलग्न रहेको भन्दै आदील र महबुबलाई पक्राउ गरेको हो ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद