Media Network

सुरुवातमै नेपाललाई सफलता, यूएईले गुमायो दुई विकेट


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७९,आईतवार

काठमाडौँआइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले यूएईविरुद्ध सुरुमै दुई विकेट लिएको छ।

नेपालका लागि पछिल्लो अर्थात दोस्रो विकेट नेपालका दिपेन्द्रसिंह ऐरीले लिएका छन्। उनले तेस्रो ओभरको चौथो बलमा आर्यन लाक्रालाई बोल्ड आउट गराए। 

नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएईले तेस्रो ओभरमा नै २ विकेट गुमाइसकेको छ। 

यसअघि नेपालले पहिलो ओभरको पाँचौँ बलमै विकेट लिएको थियो। नेपालका ललित राजवंशीले भृत्या अरविन्दलाई बोल्ड आउट गरेका थिए। 

नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएइएले जवाफि ब्याटिङ गरिरहेको छ। 

तीन ओभरको समाप्तिमा यूएई २ विकेट गुमाएर ६ रन बनाएर खेलिरहेको छ। आशिफ खान ५ र आर्यन लाक्रा शून्य रनमा क्रिजमा नटआउट छन्। 

त्यसअघि कीर्तिपुरस्थि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल ४९.२ ओभरमा २ सय ४८ रन बनाउँदा अलआउट भएको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद