Media Network

सिटी र आर्सनलको लगातार दोस्रो जित


खबरस्टोरी संवाददाता

२९ श्रावण २०७९,आईतवार

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति  साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले सहज जित निकालेका छन् । सिटीले घरेलु मैदानमा बर्नेमाउथलाई ४–० ले पराजित गर्यो । इतिहाद रंगशालामा सिटीलाई जित दिलाउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे ।

यससँगै सिटीले लगातार दोस्रो जित निकालेको छ । २ खेलमा ६ अंक जोडेको सिटी शीर्ष स्थानमा  छ । बर्नेमाउथको यो पहिलो हार हो । 

यस्तै,लगातार दोस्रो जित निकाल्ने क्रममा आर्सनलले लेस्टर सिटीलाई ४–२ ले हराएको छ ।  

आर्सनलको जितमा गाब्रियल जिससले दुई तथा ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले सान्त्वना गोल गरे । 

शनिवार रातीकै अर्को खेलमा एस्टन भिल्लालले इभरटोनलाई १–० ले पराजित गरेको छ भने ब्राइटन र न्यूक्यासल तथा उल्भस् र फुलह्याम बराबरीमा रोकिएका छन् । 

जितसँगै आर्सनलले २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । लेस्टरले एक अंक जोडेको छ । 

यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २–२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेले ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद