घरेलु मैदानमा प्राप्त यस जितपछि सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
खेलमा तेस्रो गोल गरेका हालान्डले एकै सिजन ४५ गोल गरेर कीर्तिमान बनाए । उनले प्रिमियर लिग खेल्ने खेलाडीमध्ये एकै सिजन धेरै गोल गर्ने मीर्तिमान बनाएका हुन् । यसका लागि मोहमद सलाहा र रुड भान निस्टोरलयको कीर्तिमान तोडे । दुवैले एकै सिजन ४५ गोल गरेका थिए ।
घरेलु मैदान एतिहाड मैदानमा रोड्रीले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ७०औं मिने६मा बर्नानर्डो शिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । हालान्डले ७६औं मिनेटमा गोल गरेका थिए ।
अब अप्रिल १८ मा सिटीले बायर्नको मैदानमा दोस्रो लेग खेल्नेछ ।
यस्तै अर्को खेलमा इन्टर मिलानले वेनफिकालाई २–० ले हरायो । वेनफिकाको मैदानमा इन्टरका लागि निकोलो बरेलाले ५१औं र रोमेलु लुकाकुले ८२औं मिनेटमा गोल गरे । दोस्रो लेग अप्रिल १८ मा अप्रिल १८ मा इन्टरको मैदानमा हुनेछ ।