Media Network

सत्यराजको आवाजमा राजकुमार सार्वजनिक (भिडियो)


खबरस्टोरी संवाददाता

११ भाद्र २०७९,शनिबार

काठमाडौ । गायक सत्यराज आर्चायको आवाजमा “राजकुमार“ बोलको गीत सार्वजनिक भएको छ । 

पदम लोहारको प्रस्तुती र उनकै लेखन अनि गायकद्धय सत्य स्वरूपको सङ्गीत रहेको गीतलाई गोपाल रसाईलीले सङ्गीत संयोजन गरेका हुन् ।  राजेश श्रेष्ठले गरेको रेकर्डिङ्गको मिक्सिङ्ग अनि मास्टरिङ्ग चाहिँ किशोर थापाले गरेका हुन् ।

वेस्टर्न कलरमा आधारित स्लो रक प्याटर्नको गीतलाई म्यूजिक भिडियो सहित तयार पारिएको छ । जसलाई तोसित घतानीले निर्देशन गरेका हुन् । भिडियोमा स्वयं सत्यराज आचार्य र अभिनेत्री रिमा मिधुन मगर र सृजन भट्टराईले अभिनय गरेका छन् । 

रन्जन महतको छायाङ्कन अनि निर्देशक तोसितकै सम्पादन रहेको भिडियोको रङ्ग संयोजन विप्लव गौलीले गरेका छन् । भिडियोलाई सत्यञ्स्वरूप युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद