गायक श्रेष्ठले यो गीत ‘क्लब डान्स’ स्टाईलको रहेको बताए । यस गीतमा तीन साथीहरुको मस्तीको सपनालाई प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । यस गीतको रचना डिपि खनालले गरेका हुन् भने संगीतकार गिरीले गीतमा ¥याप दिएका छन् ।
जया शर्मा क्रियटिभ निर्देशक तथा निम बाबु तामांगको कोरियोग्राफी रहेको यस भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादक बिकास दाहाल हुन् । हरि ठकुरी र भिमा श्रेष्ठ ‘भावना’ निर्माता रहेको म्युजिक भिडियोमा दिपेन गौतम ‘माइकल’को प्रडक्शन डिजाईन रहेको छ भने केशव पाण्डेले स्टिल फोटोग्राफी गरेका छन् ।