Media Network

संगीतकार तथा स्याक्सोफोनिष्ट शुभ बहादुर सुनामको निधन


खबरस्टोरी संवाददाता

३ आश्विन २०७९,सोमबार

काठमाडौं । संगीतकार तथा स्याक्सोफोनिष्ट शुभ बहादुर सुनामको निधन भएको छ । आज बिहान साढे ४ बजे उनको निधन भएको हो । काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।
सोनाम पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार उनको अन्तिम संस्कार हुदैछ ।

५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायकगायिकासँग काम गरेका थिए । 
सुनामले नेपाली सेनामा पनि लामो समय काम गरेका थिए । उनी नेपाली सेनामा सहायक रथीसम्म पुगेर जनताको सेवा गरेका थिए । 

उनी सफल संगीतकार, रचनाकार र एरेन्जर पनि हुन् । उनको संगीतमा मीरा राणाले गाएको गीत ‘फूलै फूलको मौसम तिमीलाई’  र दीप श्रेष्ठले लाएको ‘हुँ यात्री एउटा’ गीत सदावहार मानिन्छन् । नारायणगोपालको स्वर रहेको ‘तिमीले भनेका सारा देव छोएर’ उनको कालजयी संगीत हो ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद