Media Network

सेयर कारोबार ५ महिनायताकै उच्च


खबरस्टोरी संवाददाता

२५ मंसिर २०८०,सोमबार

काठमाडौं । सोमबार कुल ४ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम पाँच महिनाकै उच्च हो । यसअघि गत असार १७ गते ५ अर्ब १ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब पुग्न सकेको छैन ।
उच्च कारोबारका बाबजुद पनि सेयर बजारको परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा १५.४० अंक घटेको छ । अघिल्लो दिन तीन पटक सर्किट लागेर बजार १११ अंक बढेको थियो ।
सोमबार कुल ८१ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै २ प्रतिशत घट्यो । त्यस्तै निर्जीवन बीमा समूह भने १.३ प्रतिशत बढ्यो ।
बैंकिङ १५, विकास बैंक ८०, फाइनान्स २२, होटल तथा पर्यटन ७६, जलविद्युत् १४, जीवन बीमा ७९, अन्य १७ र व्यापार उपसमूह ३१ अंक घटे । निर्जीवन बीमा १४६, माइक्रोफाइनान्स १५ र उत्पादन समूह १३ अंक बढे ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद