Media Network

श्रीच्छा प्रधानले जितिन् ‘मिस नेपाल २०२३’को उपाधि


खबरस्टोरी संवाददाता

१४ जेष्ठ २०८०,आईतवार

काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । आज ९शनिबार० सम्पन्न भएको उक्त प्रतियोगितामा उनी मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् ।ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा स्रम्पन्न भएको ग्राण्ड फिनालेमा प्रधानले फाइनलमा पुगेका २४ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

उनलाई अघिल्लो वर्षकी मिस नेपाल उपाधि विजेता प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराइदिएका हुन् ।ग्राण्ड फिनालेमा मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितेकी छन् भने रैना मजगैयाँले मिस नेपाल अर्थको उपाधि जितिन् । यसका साथै १२ सहविधाका विजेता समेत घोषणा उक्त समारोहमा घोषणा गरिएको छ ।

काठमाडौँकी स्थायी बासिन्दा रहेकी मिस नेपाल उपाधि विजेता प्रधान वातावरण विज्ञानमा स्नातक तहमा अध्ययनरत छिन् । २३ वर्षिया प्रधान आफूलाई वातावरण अभियन्ताको रुपमा चिनाउन रुचाउँछिन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी हुन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद