Media Network

श्रीलंकामाथि न्युजिल्यान्डको जित


खबरस्टोरी संवाददाता

२४ कार्तिक २०८०,शुक्रबार

काठमाडौँ।आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकामाथि न्युजिल्यान्डले ५ विकेटको सहज जित हात पारेको छ।

बिहीबार बेंगलुरुमा हात पारेको जितसँगै न्युजिल्यान्डको सेमिफाइनल सम्भावना बलियो भएको छ।

अंक तालिकामा चौथो स्थानमा रहेको न्युजिल्यान्डले लिग चरणका सबै खेल खेल्दा १० अंक जोडेको छ।

नेटरनरेट राम्रो भएको न्युजिल्यान्डलाई पाकिस्तान र अफगानिस्तानले अन्तिम खेल जितेर पछि पार्ने सम्भावना भने बाँकी नै छ। चौथो हुने टिमले सेमिफाइनलमा भारतसँग खेल्नेछ।

बिहीबार श्रीलंकाले दिएको १७२ रनको लक्ष्य न्युजिल्यान्डले ५ विकेटको क्षतिमा २३.२ ओभरमै पूरा ग¥यो। उसका लागि डेभन कनवेले ४५ रन, रचिन रविन्द्रले ४२ रन र ड्यारल मिचेलले ४३ रन जोडे।

बलिङमा श्रीलंकाका एन्जेलो म्याथ्युजले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४६.४ ओभरमा १७१ रनमा अलआउट भयो। उसका लागि कुशल परेराले ५१ रन जोडे। बलिङमा न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३ विकेट हात पारे।

हारसँगै श्रीलंकाको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कठिन बनेको छ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद