Media Network

टी–२० सिरिज : केन्यासँग नेपाल १८ रनले पराजित


खबरस्टोरी संवाददाता

१० भाद्र २०७९,शुक्रबार

काठमाडौं । नेपालले घरेलु टोली केन्या विरुद्धको दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १८ रनले पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो ।

योसँगै पाँच टि–२०आई सिरिज दोस्रो खेल सकिदा १–१ को बराबरीमा पुगेको छ । पहिलो खेलमा नेपालले पहिलो खेलमा पाँच विकेटको सहज जित निकालेको थियो ।

१ सय ३३ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर ११४ रनमात्र जोड्न सक्यो । नेपालको लागि मध्यक्रमका आरिफ शेखले सर्वाधिक २५ रनको योगदान दिए । उनले २१ बलमा २ चौका र एक छक्का प्रहार गरे ।

उपकप्तान रोहित कुमार पौडेल र आदिल अन्सारीले समान २०, ओपनर पवन सर्राफले १९ रन जोडे भने अर्का ओपनर आसिफ शेख ५ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ४ बल खेल्दै १ रनमा पभेलियन फर्किए ।

त्यस्तै दिपेन्दै सिंह ऐरी ३, करण केसी ६, कप्तान सन्दीप लामिछाने ७ रन र सोमपाल कामी २ रनमा आउट भए ।

केन्याका इमानयुल बुन्डी, लुकास ओलुओच र भिरज पटेलले समान २ विकेट लिए । इगुइन ओचिइङ र नेहेमियाले समान एक विकेट लिएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद