Media Network

टी–२० विश्वकपः भारत, दक्षिण अफ्रिका र जिम्बाबे विजयी


खबरस्टोरी संवाददाता

१० कार्तिक २०७९,बिहीबार

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत विहीबार भएको खेलमा भारत, दक्षिण अफ्रिका र जिम्बाबे विजयी भएको छ । सिड्नीमा भएको विहीबारको खेलमा भारतले लगातार दोस्रो जित हात पारेको हो । त्यस त्रममा उसले नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्यो । सिड्नीमा जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो ।

यस्तै, विहीबार नै भएको टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले सानदार जित हासिल गरेको छ । दक्षिण अफ्रिकाले बंगलादेशमाथि १०४ रनले फराकिलो जित निकालेको हो ।  दक्षिण अफ्रिकाले दिएको २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६ ओभर ३ बलमा अलआउट हुँदै मात्र १०१ रन बनायो । जितसँगै समूह २ को दक्षिण अफ्रिकाले २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा छ ।

यसैगरी, विहीबारको तेस्रो खेलमा जिम्बाबेले १ रनको रोमाञ्चक जित हासिल गरेको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद