Media Network

टी-२० विश्वकप छनोट : नेपाललाई दोस्रो सफलता , सोमपालले लिए विकेट


खबरस्टोरी संवाददाता

१६ कार्तिक २०८०,बिहीबार

काठमाडौं । नेपालले आइसिसी टी–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी ओमानविरुद्धको खेलमा नेपालले दास्रो सफलता पाएको छ ।

सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् । करन केसीले नेपालका लागि पहिलो विकेट लिएका थिए ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । प्रतियोगितामा दुवै टोली एक खेलअगावै समूह ए बाट सेमिफाइनलमा पुगिसकेका छन् । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

नेपालले आजको खेलमा कुनै पनि खेलाडीलाई परिवर्तन गरेको छैन । नेपालको प्लेइङ ११ मा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद