Media Network

टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टिमलाई क्यानले ५० लाख दिने


खबरस्टोरी संवाददाता

२० कार्तिक २०८०,सोमबार

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ।

आज सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद