Media Network

दक्षिण अफ्रिकालाई हराउँदै भारतलाई सिरिज


खबरस्टोरी संवाददाता

२६ आश्विन २०७९,बुधबार

काठमाडौँ।तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय रनको लक्ष्य भारतले मात्र १९.१ ओभरमा पुरा गर्‍यो ।

भारतले तीन विकेट गुमाएर १०३ रन बनाउँदै ७ विकेटले खेल जित्यो । भारतीय खेलाडी शुभमन गिलले ४९ रन बनाए भने भारतका लागि श्रेयस अय्यरले छक्का प्रहार गर्दै खेललाई जित दिलाए ।
पहिलो झटका भारतीय टोलीलाई ४२ रनमा लाग्यो। कप्तान शिखर धनले १४ बल खेलेर मात्र ८ रन बनाएर आउट भए । ५८ रनको स्कोरमा विकेटकिपर क्विन्टन डी ककले इशान किशनको क्याच लिए । इशानले कूल १० रन मात्र बनाए । शुभमन गिल ४९ रन बनाएर एलबीडब्ल्यू आउट भए ।

यसअघि भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतीय टोलीले अफ्रिकी टोलीलाई ९९ रनमा मात्रै अलआउट गर्‍यो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन, यानेमन मलानले १५ रन र मार्को जान्सनले १४ रन बनाए ।

बलिङ गर्दै कुलदीप यादवले चार विकेट लिए । यसबाहेक मोहम्मद सिराज, शाहबाज अहमद र वासिङ्टन सुन्दरले समान २–२ विकेट लिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद