नरेन्द्र वियोगीको एरेन्ज रहेको गजलको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले सम्पादन गरेका हुन् । निर्देशक प्रकाश धितालको निर्देशन रहेको भिडियो गीतकार डाक्टर अधिकारीकै अफिसियल च्यानल रमिल क्रियशनबाट बजारमा आएको हो ।
गीतकार पोखरेली युवा डाक्टर अधिकारी न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको प्रमुख सल्लाहाकारका रुपमा कार्यरत छन् । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयको कोभिड डिरेक्टोरिएटमा आवद्ध उनी नेपाल सरकारको तर्फबाट न्युजिल्याण्डका लागि पर्यटनदूतकारुपमा पनि कार्यरत छन् । उनले नेपाल आएको मौकामा आफ्नो सृजनामा भिडियो बनाउँदै आएका छन् ।