Media Network

दुर्घटनाग्रस्त यतिको जहाजमा सवार थिइन् गायिका निरा छन्त्याल


खबरस्टोरी संवाददाता

१ माघ २०७९,आईतवार

काठमाडौँ । पोखराको घारीपाटननजिकै सेती नदीको खोंचमा आइतवार दुर्घटनामा परेको जहाजमा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ।

बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन यतिको एएनसी एटीआर–७२ जहाजमा काठमाडौंबाट गएकी थिइन्। ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सवार विमानका यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ।गायिका छन्त्यालले शनिबार फेसबुकमार्फत आफू पोखरा जान लागेको लेखेकी थिइन्। 

‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्।





Share:
Reaction :
ताजा समाचार
खेलकुद