Media Network

दोस्रो एकदिवसीयमा केन्या–नेपाल भिड्दै


खबरस्टोरी संवाददाता

१८ भाद्र २०७९,शनिबार

काठमाडौं । नेपालले शनिवार घरेलु टोलीविरुद्ध दोस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । नेपाल आजको खेल पनि जितेर एक खेल अगाबै सिरिज जित्ने योजनामा हुनेछ । यस खेल जितेमा नेपालले एकदिवसीय सिरिज समेत आफ्नो बनाउने छ । 

नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३–२ ले जितेको थियो । तेस्रो एकदिवसीय खेल भने सोमबार हुनेछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद