Media Network

दोस्रो जितको खोजीमा चितवन र बुटवल लुम्बिनी


खबरस्टोरी संवाददाता

२१ मंसिर २०८०,बिहीबार

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा बिहीबार एफसी चितवन र एफसी बुटवल लुम्बिनी प्रतिस्पर्धाका लागि मैदान उत्रिँदा दुवै टिम दोस्रो जितको खोजीमा हुनेछन् ।
यसअघि समान तीन खेल खेले पनि दुवै टिमले एक खेलमा मात्र जित निकालेका छन् । चितवनले अन्य दुई खेलमध्ये एकमा बराबरी र अर्कोमा हारको नजिता आत्मसात गरेको छ ।
बुटवलले भने बाँकी दुवै खेलमा हार व्यहोरेको थियो । तीन खेलबाट चार अंक जोडेको चितवन तालिकाको पाँचौ स्थानमा छ । समान खेलबाट तीन अंक जोडेको बुटवल तालिकाको सातौं स्थानमा छ । आजको खेलमा जित निकाल्ने टिम तालिकाको शीर्ष चारमा उक्लिनेछन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यी दुई टिमबीचको खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
मंसिर ८ गतेदेखि सुरु भएको प्रतियोगितामा नौ टिमको सहभागिता छ ।
प्रतियोगिताको यस सिजन काठमाडौं रेजर्स, धनगढी एफसी, बुटबल लुम्बिनी एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी, चितवन एफसी, झापा एफसी, वीरगन्ज एफसी, ललितपुर सिटी एफसी, एफसी बुटवल लुम्बिनी र पोखरा थन्डर्स सहभागी छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद