Media Network

दोस्रो स्थानमा उक्लियो युभेन्टस


खबरस्टोरी संवाददाता

२४ पुष २०७९,आईतवार

टुरिन । लगातार आठौँ जीतसँगै युभेन्टस इटालियन सिरिए ए को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार युभेले उडिनेसेलाई १–० गोल अन्तरले हराएको हो ।

ब्रालियिन डानिलोले खेल सकिन चार मिनेट अघि निर्णायक गोल गर्दै टोलीलाई महत्त्वपूर्ण ३ अङ्क दिलाए । १७ खेलपछि युभेको ३७ अङ्क रहेको छ । शीर्ष स्थानमा रहेको नापोलीको ४१ अङ्क रहेको छ । दुई टोली अब शुक्रबार एक आपसमा भिड्नेछन् ।

उता इन्टर मिलान भने मोन्जासँग २–२ को बराबरी खेल्दै चौथो स्थानमा रहेको छ । इन्टर नापोलीभन्दा सात अंकले पछि रहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद