Media Network

देशभर नै प्याराग्लाइडिङ सेवा बन्द


खबरस्टोरी संवाददाता

३० आश्विन २०७९,आईतवार

काठमाडौं । सरकारले देशैभर नै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।आज नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो।

‘अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको हो।

आइतबारमात्र पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना भएको छ । सो क्रममा एक जना खेलाडीको मृत्यु भएको र यससँगै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय प्राधिकरणले गरेको हो ।

प्याराग्लाइडिङबाट खसेर नेपाल आर्मीका खेलाडीको मृत्यु


Share:
Reaction :
ताजा समाचार
खेलकुद