Media Network

विप्लब र अस्मिताको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक


खबरस्टोरी संवाददाता

२४ भाद्र २०७९,शुक्रबार

काठमाडौं।विप्लब चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ । सार्वजनिक रोमान्टिक शैलीको गीतमा केदार बरुवाल क्षेत्रिको शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उर्गेन दोङ्गको रहेको छ । 

मुस्तांगका सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा समरिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक जोडी देख्न सकिन्छ । केशबराज भट्टले निर्दशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भिडियोमा अनिता ग्वाछाको मेकअप, सुरेश काफ्लेको ड्रोन, दिन्सोन शाहको सम्पादन देख्न सकिन्छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद