Media Network

विश्व च्याम्पियन खेलाडीलाई अर्जेन्टिनामा भव्य स्वागत


खबरस्टोरी संवाददाता

६ पुष २०७९,बुधबार

सन् १९८६ पछि विश्व च्याम्पियन बनेका अर्जेन्टिनी खेलाडी घरमा फर्कंदा भव्यताका साथ स्वागत गर्ने र खुसी मनाउने योजनाको तयारीमा समर्थक लागेका थिए । अर्जेन्टिनाले विश्व च्याम्पियन बनेको खुसी मनाएको क्षण ३६ वर्षअगाडि थियो । त्यो पनि डिएगो म्याराडोनाले अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप ट्रफी दिलाउँदा थियो । 

कप्तान लियोनल मेसी सोमबार राति राजधानी ब्युनर्स आयर्समा ट्रफीसहित पुग्दा अकल्पनीय स्वागत भयो । गत आइतबार राति दोहाको लुसेल रंगशालामा साबिक विजेता फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकप विजेता बनेको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद