Media Network

विश्वकप फुटबल अन्तर्गत आज पनि चार खेल हुदै : जित्नैपर्ने दबाबमा जर्मनी


खबरस्टोरी संवाददाता

१५ मंसिर २०७९,बिहीबार

काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज पनि समुह चरणका अन्तिम चार खेलहरु हुदै छन् ।

आज समुह इ र एफका खेलहरु हुदै छन् । आज नेपाली समय अनुसार रति ८ः ४५ बजे दुई खेल हुदैछन् । समुह एफ अन्तर्गत आज क्यानडा र मोरक्कोबीच तथा क्रोसिया र बेल्जियमबीच हुदै छ ।

समुह एफबाट क्यानडा यसअघि लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै नकआउट चरणका लागि दुई स्थानका लागि क्रोसिया, मोरक्को र बेल्जियमको प्रतिष्पर्धा रहेको छ । अहिले क्रोसिया र मोरक्कोको २–२ खेलमा ४–४ अंक हासिल गरेका छन् र समुहमा पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै बेल्जियमको २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।यस समुहबाट बेल्जियम नकआउट चरणमा पुग्न जित आवश्यक रहेको छ भने क्रोसियाले कम्तिमा बराबरी खेलेमा पनि नकआउट चरणमा पुग्ने छ । त्यस्तै मोरक्कोको लागि पनि जितले नकआउट चरणमा पुर्याउने छ । 

त्यस्तै आज राति नेपाली समय अनुसार १२ः ४५ बजे पनि दुई खेल हुदै छन् । समुह इ का कोस्टा रिका र जर्मनी तथा जापान र स्पेनबीच खेल हुदै छन् । समुह इ मा सबैभन्दा खतरामा जर्मनी रहेको छ । जर्मनीको २ खेलमा १ अंक रहेको छ । जर्मनीले आज कोस्टा रिकाको सामना गर्दै छ । कोस्टा रिकाको भने २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

यस खेलमा जर्मनीलाई जितले पनि नकआउट चरणमा नपुर्याउन सक्छ । जर्मनीले जिते पनि स्पेन र जापानबीचको नतिजाले मात्र जर्मनीको नकआउट चरणको यात्रा टुंगो लाग्ने छ ।त्यस्तै  स्पेनका लागि कम्तिमा खेल बराबरी गरेमा पनि नकआउटको यात्रा सुनिस्चित हुने देखिन्छ । त्यस्तै जापानका जित बाहेक नक आउट चरण सुनिश्चित नहुन सक्ने देखिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद