Media Network

विश्वकप फुटबल : जापान र कोस्टारिकाको पहिलो हाफ गोलविहीन


खबरस्टोरी संवाददाता

११ मंसिर २०७९,आईतवार

काठमाडौ । फिफा विश्वकपको समूह ‘ई’अन्तर्गत आइतबार जारी जापान र कोस्टारिकाबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। पहिलो खेलमा जर्मनीविरुद्ध २–१ को सनसनीपूर्ण जित निकालेको जापान अमेरिकी प्रतिद्वन्द्वीविरुद्ध मध्यान्तरसम्म गोल गर्न असफल रह्यो।

तुलनात्मकरूपमा बलियो देखिएको जापानविरुद्ध कोस्टारिकाले स्पष्ट मौका बनाउन सकेन। पहिलो खेलमा स्पेनविरुद्ध ७–० को फराकिलो पराजय भोगेको कोस्टा रिका नकआउट प्रवेशको सम्भावना जिवित राख्न यो खेल जित्नै पर्ने दबाबमा छ।

पहिलो हाफमा बल पोसेसनमा हाबी भए पनि जापानले गोलको स्पष्ट मौका बनाउन सकेन। पहिलो हाफको खेल अवधिभर जापानी गोलकिपर स्विची गोन्डाले तीन पटक मात्र बल छुन पाए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद