Media Network

विश्वकप फुटबल स्पेनसँग बराबरी खेलेको जर्मनीको नकआउट हुने सम्भावना कायमै


खबरस्टोरी संवाददाता

१२ मंसिर २०७९,सोमबार

काठमाडौं । विश्वकप फुटबलमा जर्मनीले स्पेनसँग बराबरी खेल्दा नकआउट हुनबाट बचेको छ । 

कतारको अल बायत स्टेडियममा आइतबार भएको खेलमा जर्मनी र स्पेनले एक एक गोल गरेर बराबरी खेलेर अंक बाँडेका छन् ।स्पेनसँग बराबरी खेलेपछि समुह चरणमा जर्मनीले पनि १ अंक जोडेको छ । योसँगै जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना जिवितै छ।

स्पेन भने ४ अंकका साथ समुह तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। अब जर्मनीले मसिर १५ गते कोस्टारिकासग खेल्दैछ । अब अर्को चरणमा हुने खेल र आउने नतिजाले जर्मनीको नकआउट पुग्ने ÷ नपुग्ने कुरोको टुंगो लाग्नेछ ।स्पेन र जर्मनीले पहिलो हाफमा दुबै टोलिले कुनै गोल गरेनन । त्यसपछि दोस्रो हाफमा भने अल्भारो मोराटाको गोलमा जर्मनीविरुद्ध स्पेनले अग्रता लिएको थियो।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोराटाले स्पेनलाई अग्रता दिलाएका थिए । मोराटाले खेलको ६२ औं मिनेटमा स्पेनका लागी गोल गरेका थिए ।जोर्डी अल्बाको पासमा उनले डिबक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

तर स्पेनले अग्रता कायम राखिरहन सकेन । खेलको ८३ मिनेटमा जर्मनीका निकलस फ्युलक्रगले गोल गर्दै जर्मनीलाई खेलमा बराबरीमा फर्काएका थिए ।समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग २–१ ले पराजित भएको थियो। स्पेनले कोस्टारिकालाई ७– ० ले पराजित गरेको थियो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद