Media Network

विश्वकप क्रिकेट ः दक्षिण अफ्रिका र अष्ट्रेलिया भन्दा भारत बलियो


खबरस्टोरी संवाददाता

३० कार्तिक २०८०,बिहीबार

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको आयोजक राष्ट्र भारत फाइनलमा पुगिसकेको छ । बुधबार भएको सेमिफाइनलमा न्यूजील्याण्डलाई हराउँदै भारतले उपाधि यात्रा तय गरेको हो । भारत समूह चरणमा अपराजित रह्यो । समूह चरणका सबै ९ वटा खेल नै भारतले जितेको थियो । 

बुधबार भएको सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनलमा प्रवेश गरेको  छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार विकेट गुमाएर तीन सय ९७ रन बनाएको थियो ।  ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८ ओभर ५ बल खेल्दा ३ सय २७ रन बनाएर अलआउट भएको थियो । 

विहीबार दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दैछन् । भारतको कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो २ः १५ बजेदेखि शुरु हुनेछ ।

यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रीका समुह चरणमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै ९ खेल मध्ये ७ खेल जितेर १४ अंक हासिल नै हासिल गरेको अस्ट्रेलियाले रनरेटको आधारमा तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।

सन् २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् २०१९ को विश्वकपमा सेमिफाइनलमा हार बेहोरेको थियो । त्यस्तै दक्षिण अफ्रिका सन् २०१५ को विश्वकपपछि फेरि सेमिफाइनल खेल्दै छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद