Media Network

विश्वकप क्रिकेटः उपाधिका लागि भारत र अष्ट्रेलिया भिड्ने


खबरस्टोरी संवाददाता

१ मंसिर २०८०,शुक्रबार

काठमाडौं । आइसीसी विश्वकप क्रिकेटको उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्ने भएका छन् । विहीबारको खेलमा दक्षिण अफ्रिकालाई पराजित गरी अष्ट्रेलियाले फाइनलमा भारतसँगको भेट पक्का गरेको हो । 

दक्षिण अफ्रिकामाथि ३ विकेटको जित हात पार्दै अष्ट्रेलिया आठौं पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भारतको इडेन गार्डनमा भएको दोस्रो सेमिफाइनल अष्ट्रेलियाले ३ विकेटले जित निकालेको हो । जितका लागि दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य अष्ट्रेलियाले अन्तिम १६ बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टाएको हो । 

अष्ट्रेलियाका लागि ट्राविस हेडले सर्वाधिक ६२ रन बनाए भने स्टीभ स्मिथले ३० र डेभिड वार्नरले २९ रनको योगदान दिए । अष्ट्रेलियाको पारी हेड र वार्नरले राम्रो सुरुवात गरेका थिए । दुबैले पहिलो ६ ओभरमा ६० रन बनाएका थिए । तर थप ७७ रन जोड्दा ५ विकेट गुमाउन पुगेको थियो । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले ४९.४ ओभर खेल्दा सबै विकेट गुमाएर २ सय १२ रन बनाएको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद