Media Network

विवाह बन्धनमा बाँधिए फुटबलका पूर्व कप्तान किरण


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान गोलकिपर किरण चेमजोङ आज विवाह बन्धनमा बाँधिन लागेका छन् । 

लामो समयसम्म प्रेम सम्बन्धमा रहेका किरणले प्रेमिका कञ्चन निरौलासँग विवाह गर्न लागेका हुन् ।उनी ललितपुरको इमाडोलमा रहेको आफ्नो घरबाट जन्तीसहित बालुवाटारको एउटा पार्टी प्यालेसमा गएका छन् ।

मालदिभ्सको माजिया स्पोर्ट एण्ड रिक्रएसन फुटबल क्लबमा आबद्ध किरणले क्लबले धिवेही प्रिमियर लिगको उपाधि हासिल गरेको खुशीयालीमा प्रेमिका कन्चनसँग विवाहको औपचारिक प्रस्ताव राखेका थिए । माल्दिभ्समै इन्गेजमेन्ट गरेर किरणले आमा र प्रेमिका कन्चनसँग केही समय उतै बिताएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद