Media Network

वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन


खबरस्टोरी संवाददाता

१२ मंसिर २०७९,सोमबार

काठमाडौ । अभिनेता सलोन बस्नेत आज वैवाहिक जीवनमा बाँधिएका छन् ।तीन वर्षदेखि प्रेमिका करिश्मा केसीसँग प्रेम सम्बन्धमारहेका उनले आज सोमबार विवाहमा परिणत गर्दै लगनगाँठो कसेका हुन् ।

सलोनकी प्रेमिका करिश्मा पेशाले नेपाल एयरलाइन्सको एयर होस्टेज हुन् । सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्युजिक भिडियोमा पनि अभिनय गरेका छन् । सलोनको विवाह समारोह चन्द्रागिरि रिसोर्टमा आयोजना गरिएको छ ।

सलोनको विवाह समारोहमा उनका पारिवारिक सदस्य, आफन्त साथीभाइ र फिल्मकर्मी सहभागी छन् । यतिबेला उनीहरूको चन्द्रागिरि हिल्स रिसोर्टमा विवाह समारोह चलिरहेको छ । सलोनको विवाह भोज भने १४ गते बुधवार राखिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद