Media Network

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा


खबरस्टोरी संवाददाता

२२ कार्तिक २०८०,बुधबार

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।
यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।
समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् ।
समूहका २ शीर्ष टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ ।
एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्ने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद