Media Network

युभेन्टसको विजयी सुरुआत


खबरस्टोरी संवाददाता

३१ श्रावण २०७९,मंगलवार

काठमाडौं । भ्लाहोभिकको दुई गोलप्रेरित युभेन्टसले सोमबार राति सासउलोलाई ३–० ले हराउँदै इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनमा विजयी सुरुआत गरेको छ ।

पछिल्लो समय खराब लयबाट गुज्रिएको युभेन्टसले घरेलु मैदानमा एन्जेल डी मारियाको गोलबाट २६औँ मिनेटमा अग्रता लिएको थियो । डी मारिया यसै सिजन पेरिस सेन्ट जर्मेन पीएसजीबाट युभेन्टसमा अनुबन्ध भएका हुन् । पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा डुसान भ्लाहोभिकले पेनाल्टीमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए ।

५१औँ मिनेटमा डी मारियाकै पासमा भ्लाहोभिकले अर्को गोल थपेपछि युभेन्टसले तीन अंक पक्का गरेको हो ।लगातार नौपटक इटालियन सिरी ‘ए’को उपाधि जितेको युभेन्टस पछिल्लो दुई सिजन उपाधिविहीन छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद