Media Network

यूएई विरुद्धको एकदिवसीय सिरिज नेपालको पोल्टामा


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जितेको छ ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेल ६ विकेटले जितेसँगै नेपालले २–१ ले सिरिज कब्जामा पारेको हो ।यूएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा ग¥यो । नेपाललाई जिताउन आशिफ शेखले सर्वाधिक ८५, ज्ञानेन्द्र मल्लले ६४ र कप्तान रोहितकुमार पौडेलले १० रन बनाए ।

बलिङतर्फ यूएईका हज्रत विलाल र आयान अफ्जल खानले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७६ रन बनाएको थियो । यूएईका लागि अफजल खानले ५४, अलिसान सराफुले ३३ र रोहन मुस्तफाले २४ रन बनाए ।

बलिङतर्फ नेपालका कुशल भुर्तेल, गुल्सन झा र  दिपेन्द्र सिंह ऐरीले समान २–२ तथा सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट लिए ।

यसअघि पहिलो एकदिवसीय खेल ८४ रनले हारेको नेपालले दोस्रो एकदिवसीय खेलमा भने ३ विकेटको जित निकालेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद