Media Network

यूएईविरूद्धको खेलमा नेपालको राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस जितर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध बलिङमा राम्रो सुरूआत गरेको छ ।

तीन ओभरको समाप्तीमा गुलसन झाले दुई तथा सोमपाल कामीले एक विकेट लिँदै १६÷३ को अवस्थामा पुर्याएका छन् ।

दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर बलिङमा आएका गुलसनले युएईका ओपनर मोहमद वासिमलाई विकेट किपर आसिफ शेखबाट बोल्ड आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

यस्तै सोमपालले २।५ ओभरमा वृत्य अरविन्दलाई बोल्ड आउट गरे । ३.१ ओभरमा कप्तान चुन्दनगापोयल रिजवालाई पभेलियन फर्काउँदै गुलसनले नेपाललाई तेस्रो सफलता दिलाए ।आजको खेल जिते नेपालले यूएईविरूद्ध एकदिवसीय श्रृङखलाको उपाधि उचाल्ने छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद