Media Network

युएइविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्रको अर्धशतक


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा एक सय ७७ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि ज्ञानेन्द्र मल्लले इनिङको दोस्रो अर्धशतक बनाएका छन्।

वान् डाउनमा क्रिजमा उत्रिएका ज्ञानेन्द्रले ६१ बलमा पाँच चौका तीन छक्कासहित अर्धशतक पूरा गरेका हुन्।

यसअघि नेपालका लागि ओपनर आसिफ शेखले अर्धशतक बनाएका थिए। त्रिवि क्रिकेट मैदानमा नेपालका लागि ओपनिङमा आएका आफिले ७९ बलमा सात चौकासहित अर्धशतक पूरा गरेका हुन्।

पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै आसिफले इनिङको पहिलो अर्धशतक बनाएका थिए।

नेपालले ३१.२ ओभरको खेल सकिँदा एक विकेट गुमाएर एक सय ३३ रन बनाएको छ। नेपाललाई जितका लागि १८.३ ओभरमा ४४ रन आवश्यक छ।पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा तीन विकेटको जित निकालेको थियो। आजको खेलमा जित निकाले घरेलु मैदानमा नेपाल विजयी हुनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद