Media Network

युएइविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (युएई) ले तेस्रो एक दिवसीय खेलमा  दिएको एक सय ७७ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ थालेको छ । 

यसअघि कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७६ रनको योगफल खडा गरेको थियो । ९३–९ को स्थितिमा रहेको युएईको इनिङ आयान अफ्जल खान र हर्जत बिलालले अन्तिम विकेटका लागि अविजित ८३ रनको साझेदारी गरेका थिए ।

खानले ६३ बला सात चौका र एक छक्का मद्दतमा अविजित ५४ रन जोड्दा बिलालले ५४ बलमा १ छक्का मद्दतमा अविजित २० रन जोडे ।  त्यस्तै अलिसान सराफुले ६९ बलमा ४ चौका मद्दतमा ३३ रन जोडे भने रोहन मुस्तफाले ५६बलम २ चौका मद्दतमा २४ रन जोडे । 

नेपालका कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान दुई विकेट लिए भने सोमपाल कामी र ललित राजवंशीले समान एक विकेट लिए ।

तीन एक दिवसीय खेलको शृंखला १–१ को बराबरीको स्थितीमा रहेको छ । पहिलो खेल युएईले ८४ रनले जितेको थियो भने दोस्रो खेल नेपालले ३ विकेटले जितेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद