Media Network

युरोकपको ‘ड्र’ सार्वजनिक, पहिलो खेलमा आयोजक जर्मनीले स्कटल्यान्डसँग खेल्ने


खबरस्टोरी संवाददाता

१७ मंसिर २०८०,आईतवार

काठमाडौं । युरोकप २०२४ को ‘ड्र’ सार्वजनिक भएको छ। आयोजक जर्मनीले पहिलो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। गएराति म्युनिखमा सार्वजनिक गरिएको ‘ड्र’ मा जर्मनी र स्कटल्यान्ड एकै समूहमा परेका हुन्।

तीन पटकको च्याम्पियन जर्मनी र स्कटल्यान्ड रहेको समूह ‘ए’ मा हंगेरी र स्विटजरल्यान्ड छन्। समूह ‘बी’ मा रहेको साविक विजेता इटालीले स्पेन, क्रोएसिया र अल्बानियासँग खेल्नेछ।  इटालीले इंग्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै युरो २०२० को उपाधि जितेको थियो।

साविक उपविजेता इंग्ल्यान्ड समूह ‘सी’ मा छ। उसले स्लोभेनिया, डेनमार्क र सर्वियाको सामना गर्नेछ। फ्रान्स, अस्ट्रिया र नेदरल्यान्डस समूह ‘डी’ मा छन्। यो समूहमा एक टिम प्ले अफबाट आउनेछ। स्लोभाकिया, बेल्जियम र रोमानिया समुह इ मा परेका छन्। प्ले अफ जितेर आउने टिमले यो समूहलाई पुर्णता दिनेछ। पोर्चुगल समुह एफमा परेको छ। यो समूहमा टर्की, चेक रिपब्लिक प्ले अफबाट आउने टिम हुनेछ।

युरो आगामी वर्षको जुन १४ मा जर्मनीमा सुरु हुनेछ। फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ। सहभागी २४ मध्ये २१ टिमको टुंगो लागि सकेको छ। तीन टिम प्ले अफबाट आउनेछन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद